नियम १७४
विषयगत समितिको कार्यावधि र सभापति तथा सदस्यको पद रिक्त हुने अवस्था
(१) नियम
१७० बमोजिमका प्रत्येक समितिको कार्यावधि प्रतिनिधि सभाको अवधिभरको लागि हुनेछ । तर सभामुखले प्रतिनिधि सभाको सहमति लिई सदस्यको हेरफेर वा थपघट गर्न सक्नेछ ।
(२) समितिको सभापति पद देहायको कुनै अवस्थामा रिक्त हुनेछ ः–
(क) सदस्य नरहेमा,
(ख) मन्त्री भएमा,
(ग) राजीनामा दिएमा, वा
(घ) आफ्नो पदको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको छैन भनी सम्बन्धित समितिका सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतले
प्रस्ताव पारित गरेमा ।
(३) समितिको सदस्यको पद देहायको कुनै अवस्थामा रिक्त हुनेछ ः–
(क) सदस्य नरहेमा,
(ख) मन्त्री भएमा,
(ग) समितिको सदस्य पदबाट राजीनामा दिएमा, वा
(घ) उपनियम (१) बमोजिम हेरफेर भई समितिको सदस्य नरहेमा ।
(४) समितिको सभापतिको पद रिक्त हुन आएमा नियम १७३ बमोजिम र सदस्यको पद रिक्त हुन आएमा नियम १७२ को उपनियम (१) बमोजिम पूर्ति गरिनेछ ।
(५) उपनियम (२) बमोजिम समितिको सभापतिको पद रिक्त हुन आएमा समितिको बैठक बसेको एक महिनाभित्र पूर्ति गरिनेछ ।